info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शनिबार ५५४ जनामा संक्रमण पुष्टि

By: Nepse Direct Jun 27, 2020

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या १२ हजार नाघेको जानकारी दिएको छ ।

१२० जना महिला र ४३४ जना पुरुषमा कोरोना संक्रमण फेला परेको पनि मन्त्रालयले बताएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १३६ रहेको छ।

कोरोनाबाट थप एक जनाको निधन भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८  पुगेको छ ।

Mega Maya Bachat Khata