info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

By: Nepse Direct May 31, 2021

प्रभु बैंक PRVU  0.92 %  439.00 को ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ ।  बैंकले जेठ ११ गते,  ४ अर्ब रुपैयाँ बराबरको ४०कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो । अब उक्त ऋणपत्रमा  जेठ २६ गतेसम्म आवेदन दिने पाइने भएको छ ।

बैंकले रु. १ हजार अंकित दरका कुल ४० लाख इकाइ भएको ‘प्रभु बैंक डिबेन्चर २०८७’ निष्कासन गरेको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। 

सार्वजनिक निष्कासन गरिएका कुल १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी १६ लाख ७७ हजार ५०० इकाइमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यसमा ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। 

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि  जेठ १६ गते र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम  १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।  यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

इक्रा नेपालले यो ऋणपत्रलाई मोडरेट क्रेडिट रिस्क जनाउने (इक्रा–आईआर) बीबीबी ग्रेडिङ प्रदान गरेको छ। यो क्रेटिङ रेटिङ प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित तथा मध्यम कर्जा जोखिम रहने संस्थाका रुपमा लिइन्छ। 

Mega Maya Bachat Khata
Companies in this article:
PRVU PRVUPO