info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्राइम कमर्शियल बैंकको ऋणपत्र आजदेखि निष्काशन

By: Nepse Direct Mar 12, 2021

प्राइम कमर्शियल बैंक PCBL  0.00 %  430.00 ले ३५ लाख कित्ता ऋणपत्र आजदेखि सर्वसाधारणका लागि जारी गरेको छ। बैंकले ३ अर्ब ५० करोड रकम बराबरको ३५ लाख कित्ता शेयर फागुन १९ गतेदेखि जारी गर्न भनिएको ऋणपत्रको मिति परिवर्तन भएर मिति फागुन २८ गतेलाई सारेको थियो । 

बैंकले जारी गर्न लागेको ऋणपत्र मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि, २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने बताइएको छ । उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा आवेदनमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
PCBL PCBLP