info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नाडेप लघुवित्तले गर्यो लाभांश दिने घोषणा

By: Nepse Direct Jun 28, 2020

नाडेप लघुवित्त वित्तीय संस्था  NADEP  1.67 %  590.00 ले  गत असार ११  गते  बसेको संचालक समितिको ११८औँ  बैठकले आव ७५/७६ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

संस्थाको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै, सञ्चालक समितिले कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

Nadep _ Dividend decleration

Mega Maya Bachat Khata
Companies in this article: