info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेको इन्सुरेन्सको लाभांश वितरण गर्ने प्रस्ताव

By: Nepse Direct May 24, 2021

नेको इन्सुरेन्स लिमिटेड NIL  1.60 %  1648.00 ले लाभांश प्रस्ताव गरेको छ। इन्सुरेन्सको हिजोआइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको छ ।  

इन्सुरेन्सले गत आर्थिक वर्षको  मुनाफाबाट चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस  शेयर र कर प्रयोजनका लागि  ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। वितरणपछि चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

Mega Maya Bachat Khata
Companies in this article:
NIL NILPO