info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा

By: Nepse Direct Mar 05, 2021

रिलायन्स फाइनान्स कम्पनी लिमिटेड RLFL  0.84 %  237.00 ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतअर्थात् ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपौयाँबराबरको बोनस शेयर र ०.५३ प्रतिशत अर्थात् ४३ लाख ८१ हजार १३७ रुपौयाँबराबरको नगद लाभांश गरि कुल  १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Reliance

Mega Maya Bachat Khata
Companies in this article: