info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश घोषणा

By: Nepse Direct Jan 12, 2021

सिभिल बैंक CBL  0.44 %  227.00 ले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

पुस २७ गते बसेको बैंक सञ्चालक समिति बैठकले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता  पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५।७६ मा ६.५७ प्रतिशत र आर्थिक वर्ष २०७४।७५को नाफाबाट ४.०५ प्रतिशत लाभांश दिएको थियो । 

Mega Maya Bachat Khata
Companies in this article:
CBL CBLPO