info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

By: Nepse Direct Feb 17, 2021

आईएमई जनरल इन्स्योरेन्स IGI  7.91 %  1160.00 ले लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८ सय ४२ दशमलव ११ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO