info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

निष्क्रिय कर्जा बढ्दा निर्धन उत्थानको नाफा घट्यो

By: Nepse Direct Nov 11, 2020

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड NUBL  5.57 %  1726.00 ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा गत आर्थिक वर्षको तुलनामा २२९.०९ प्रतिशत कम हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ८८ हजार रुपैयाँबाट घटेर ४३ करोड ८२ लाख रुपैयाँमा सीमित भएका छ। समीक्षा अवधिसम्ममा लघुवित्तले १४ अर्ब निक्षेप संकलन तथा ६ अर्ब ५ करोड रुपैयाँ सापटीबाट कुल २० अर्ब ४३ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप र ७ अर्ब ५६ करोड रुपैयाँ सापटीबाट कुल २० अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन घाटा १८१.७३ प्रतिशतले बढेर २७ करोड ९२ लाख रुपैयाँ भएको छ। गत वर्ष सोहि अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ३४ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो। 

असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात समीक्षा अवधिमा १.३० रहेकोमा १२.८९ प्रतिशतमा बढेको छ । यसले लघुवित्तले ५३ करोड ६३ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्टाएको छ ।

लघुवित्तको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १८.६२ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २५१.६२ रुपैयाँ रहेको छ। 

Mega Maya Bachat Khata
Companies in this article:
NUBL NUBLPO