info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क र मुनाफा बढ्यो

By: Nepse Direct Nov 29, 2020

 जनरल इन्स्योरेन्स कम्पनी GIC  9.94 %  697.00 ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण  अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन तथा मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको समीक्षा अवधीमा जम्मा ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्ष ७ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । गत आवमा १४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा यस आवको पहिलो तीन महिनामा १९ करोड ५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले आईपिओ जारी गरेर कूल ७० करोड चुक्ता  पुँजी रहेकोमा यसै त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ चुक्ता पुँजी थप गरी १ अर्ब चुक्ता पुँजी बनाउन सफल भएको छ ।

चालु आवको तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी ९.५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११२.६६ रुपैयाँ, पिई अनुपात ३८.६८, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५४.४० रुपैयाँ छ ।

general insurance

Mega Maya Bachat Khata
Companies in this article:
GIC