info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सको आईपिओमा नयाँ रेकर्ड, अन्तिम दिनसम्ममा कति पर्यो आवेदन ?

By: Nepse Direct Oct 01, 2020
IPO

जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा ८ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपिओमा  अन्तिम दिनसम्ममा ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७ हजार कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ८.२८ गुणा बढी हो । 

यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा ६ लाख १४ हजार आवेदन परेकोमा आज जनरल इन्स्योरेन्सले सर्वाधिक आइपीओ आवेदनमा रेकर्ड ब्रेक गरेको छ ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने छन् ।  यस हिसाबमा ५ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि आवेदन भेरिफाई हुने क्रम जारी रहेको र बैंकहरुले आज मध्यरातसम्म सिस्टम डाटा अपडेट गर्न सक्ने भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।  

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ।

Mega Maya Bachat Khata
Companies in this article:
GIC