info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

By: Nepse Direct Sep 29, 2020
IPO

जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ५ लाख बढीले आवेदन दिएका छन्  ।

सोमबार साँझ ७:३० बजेसम्ममा कम्पनीको आईपिओमा ५ लाख ४३ हजार ६ सय ४ आवेदकले १ करोड ५३ लाख ९३ हजार २ सय ३० कित्ताको लागि आवेदन दिएका हुन् । 

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

Mega Maya Bachat Khata
Companies in this article:
GIC