info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

झन् झन् महँगीदै सुन, १ दिनमै १५०० बढेर पुग्यो प्रति तोला ६७,८००

By: Nepse Direct Aug 05, 2019

फेडरल रिजर्भ बैंकले ०।२५ प्रतिशत ब्याजदर घटाएसंगै सुनको मूल्य दिनहुँ महँगीदै गएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रति तोला १५०० बढेको छ । नेपाल सूनचाँदी व्यवसायी संघले सार्वजनिक गरेको यस दिनको मूल्य अनुसार छापावाल सुन प्रति तोला ६७,८०० रहेको छ । यसका साथै, अमेरिकी राष्ट्रपतिले तीनसय विलियन डलर चीनियाँ सामान आयातमा १० प्रतिशतले अतिरिक्त भन्सार दर बढाएको तथा चीन र अमेरिका बीचको व्यापारिक छलफलमा हुनैपनि निष्कर्ष नआउनुले सुनको मूल्य दिनदिनै बढेको महासंघले बताएको छ । यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ६७, ५०० पुगेको छ । यस दिन चाँदीको मूल्य प्रति तोला ७९५ तोकिएको छ । 

fenegosida

Shivam Cement