info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सर्वोत्तम सिमेन्टले आइपिओ पायो ‘ट्रिपल बि प्लस’ रेटिङ

By: Nepse Direct Feb 18, 2021

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ‘ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। इक्रा नेपालले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘इक्रा एनपि आइआर ट्रिपल बि प्लस’ प्राप्त गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि बुक विल्डिङ विधिबाट ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी स्वरुप यो रेटिङ गरेको हो। कम्पनीको माघ ६ गते बसको दोस्रो वार्षिक साधारणसभाले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। कम्पनीले सर्वसाधारणमा लागि ६० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो।

Mega Maya Bachat Khata
Companies in this article:
SCL