info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कोराना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा

By: Nepse Direct Mar 17, 2020

विश्वव्यापी महामारी संघ्या दिएको कोरोना भाइरस  (कोभिड–१९) का कारणले नेपालको अर्थतन्त्रमा प्रतक्ष्य असर पर्ने लक्षण देखिएको छ ।

कोरोनाको भाइरसबाट जोगिनका लागि सबै देशले समूहमा बसेर गरिने कामलाई बन्द गरिदिएका छन् अर्थात् उद्योग कलकारखाना, ठूला परियोजना, पूर्वाधारका काम, विमानस्थल, स्कुल कलेज, सपिङ मल र सिनेमा हल, सवारीसाधन, होटल, क्यासिनो लगायतका धेरै क्षेत्रहरु विश्वमै केही महिनाका लागि बन्द रहने छन् ।

यी सबै निकायले आफ्ना कर्मचारीलाई बेतलवी बिदा लिनका लागि अनुरोध गरिरहेका छन् ।  नेपालले श्रम स्वीकृति प्रदान गर्न बन्द गरिसकेको छ भने खाडी मुलुकले आफना देशको आवतजावतमा प्रतिबन्ध लगाउन थालि सकेका छन् ।

नेपालको विदेशी मुद्रा सञ्चितीको सबैभन्दा ठूलो स्रोत हो रेमिट्यान्स जसको प्रतक्ष्य असर नेपालको अर्थतन्त्रमा  पर्ने गर्दछ  । कोरोना भाइरसको केन्द्रबिन्दु रहेको चिन, युरोप  र अन्य मुलुक दक्षिण कोरिया, जापान र खाडी मुलकमा अधिकांश  नेपालीहरु काम गर्छन्। कोरोना भाइरसबाट प्रभावित रहेका यि देशहरुले आवतजावतमा प्रतिबन्ध लगाउनु साथसाथै समूहमा बसेर गरिने काम जस्तै  उद्योग कलकारखाना, ठूला परियोजना, पूर्वाधारका कामहरु अनिश्चितकालीन बन्द गरेका छन् । जसले गर्दा नेपालीले पठाउने रेमिट्यान्समा प्रतक्ष्य असर पर्दछ। येसो गर्दा नेपालको रेमिट्यान्स सोतह घट्न जान्छ। 

त्यसैगरी,  विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशीले बुकिङ गरेका होटलहरुका पनि धमाधम रद्द हुन थालेका छन् ।

 पर्यटक आगमन लगभग बन्द हुँदा होटलहरूको अकुपेन्सी दर  १० प्रतिशतमा झरेको छ भने आन्तरिक वायुसेवा अन्तर्गत हेलिकोप्टर व्यवसाय लगभग ठप्प नै भएको छ। पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, पर्यटन व्यवसाय पनि प्रभावित भएका छन् । जसबाट सरकारको राजश्व संकलनमा पनि प्रभाव देखिने भएको छ । यही अवस्था रही रह्यो भने  नेपालको पर्यटन व्यवसाय मात्र नभई , समग्र नेपालको होटल व्यवसायनै धरापमा रहने निश्चित छ। 

अन्त्यमा, नेपालको अर्थतन्त्रमा ठूलो महत्व बोकेको रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती गर्न सहयोग गर्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले पार्ने प्रभावका बारेमा राज्यले उचित रणनीति बेलैमा नबनाउने हो भने समग्र देशले नै आर्थिक असन्तुलन झेल्नुपर्ने भएकाले केही प्रभावकारी कदम चल्नु पर्ने देखिन्छ ।

Mega Maya Bachat Khata