info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्वीकृति पाएका दुई कम्पनी आईपीओ निष्कासन रोकियो

By: Nepse Direct Apr 17, 2020
IPO

लकडाउनको अवधि निरन्तर बढ्दै जाँदा स्वीकृति पाएका दुई कम्पनीको आईपीओ निष्कासन हुन सकेको छैन । गैरआवासीय नेपाली (एनआरएन) को लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र एनआईसी एशिया लघुवित्त कम्पनीको आईपीओ निष्कासन प्रक्रिया यति बेला रोकिएको छ । 

दुवै कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पाएको सानिमा क्यापिटलले लकडाउनकै कारण आईपीओ विक्री खुला गर्न नसकेको बतायो । सानिमा क्यापिटलका लगानी बैंकिङ प्रमुख मन्दीप लुइँटेलले एनआरएन इन्फ्रास्ट्रक्चरको चैत २८ गतेदेखि र एनआईसी एशिया लघुवित्तको वैशाख २ गतेदेखि निष्कासन गर्ने योजना रहे पनि लकडाउनका कारण रोकिएको बताए । 

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ विक्री गर्न बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब १३ करोड २६ लाखको आधारमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

त्यस्तै, लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो रकमको आईपीओ विक्री गर्न एनआईसी एशिया लघुवित्तले चैत ४ गते अनुमति पाएको थियो । यस कम्पनीले अनुमति पाएको पनि १ महीना बितिसकेको छ । कम्पनीले रू. ४७ करोड ५५ लाख बराबरको आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो । 

आईपीओ विक्रीका लागि कम्पनीले माघ ७ गते निवेदन दिएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै बोर्डको अनुमति पाएको यस कम्पनीको निष्कासन प्रक्रिया भने यति बेला रोकिएको छ ।  कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब ४८ करोडको आधारमा सर्वसाधारणका लागि ३२ दशमलव १३ प्रतिशत शेयर जारी गर्न बोर्डको स्वीकृति पाएको हो । हाल संस्थापकबाट चुक्ता भएको शेयरपूँजी रू. १ अर्ब ४५ लाख रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: