info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रभु लाइफको आइपिओमा १० लाख ८२ हजार आवेदकबाट आवेदन, ५ लाख ४२ हजारको हात खाली

By: Nepse Direct Dec 18, 2020
IPO

प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन परेको छ । कम्पनीको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा ५ लाख ४२ हजारको हात खाली हुने भएको छ ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीकोे आइपीओमा ५ लाख ४० हजार लगानीकर्ताले गोलाप्रथाबाट दश –दश कित्ता शेयर प्राप्त गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ।

Mega Maya Bachat Khata
Companies in this article:
PLI