info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन

By: Nepse Direct Sep 28, 2020
IPO

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले खुलाएको आइपीओमा पहिलो दिनमा आइतबार अपरान्ह ५ बजेसम्म ३२ लाख ४४ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको छ । यो संख्या कम्पनीले सर्वसाधारणमा जारी गरेको (२७ लाख ३० हजार कित्ता) भन्दा ४ लाख ७० हजार (१७.२२ प्रतिशत) बढी कित्ता शेयरका लागि भएको माग आवेदन परेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । 

शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
GIC