info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

महिला लघुवित्तको आइपीओमा १ लाख ५३ हजार ७६ बढीको आवेदन

By: Nepse Direct Feb 15, 2021
IPO

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) मा १ लाख ५३ हजार ७६ जना आवेदकले आवेदन दिएका छन् ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आइतबार साँझसम्म १ लाख ५३ हजार ७६ जना आवेदकबाट २३ लाख ४ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Mega Maya Bachat Khata
Companies in this article: