info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको आजदेखि नेप्सेमा कारोबार

By: Nepse Direct Mar 16, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावर (GLH)  र महिला लघुवित्त वित्तीय संस्था (MLBSL)को शेयर सूचीकृत भएको छ। 

सोमबार ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको १ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत  पाएकाे छ। कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ।

महिला लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता शेयर गरी १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो । महिला लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९।४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
GLH MLBSL