info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा असार २७ गते

By: Nepse Direct Jun 28, 2020

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था JSLBB  2.36 %  1570.00 ले असार १२ गतेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा असार २७ गते, होटल न्यू ईराको सभाहल, बुटवलमा विहान ११ बजे गर्ने भएको छ । 

सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । 

सभाले लाभांश वाहेक गत आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित, नयाँ सञ्चालक समिति गठन गर्ने र प्रस्तावित बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७ करोड ९२ लाखको १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव माथीपनि छलफल हुने कार्यक्रम छ ।

उक्त कम्पनीले अन्य कुनै उपयुक्त लघुवित्त कम्पनीसँग मर्जरमा जाने वा प्राप्ति गर्ने विषयलाई पनि अघि सारेको छ । उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्ति गर्नेका लागि आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि उक्त कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा असार १३ गतेसम्म कायम शेयरधनीहरु लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

Janautthan_notice

Mega Maya Bachat Khata
Companies in this article: