info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आजदेखि एनआइसी एसिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार शुरु

By: Nepse Direct Mar 21, 2021

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था NICLBSL र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जरपश्चात चैत ८ गते, आजदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् ।

 मर्जपश्चात अब एनआइसी एसिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । मर्जर सम्झौता भएसँगै गत साउन ३२ गतेबाट दुवै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का छ । दुवै कम्पनीका माघ ४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Mega Maya Bachat Khata
Companies in this article: