info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

असोज ६ बाट समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार

By: Nepse Direct Sep 18, 2020

समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएको थियो।

दुवै लघुवित्तको गत असार ३१ गते सम्पन्न विशेष साधारणसभाले आपस गाभिने प्रस्तावलाई पारित गरेको थियो। यी दुवै संस्था १ः१ सेयर स्वाप रेसियोमा गाभिएका हुन्। 

सजिलो एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने समीट लघुवित्त १५ जिल्ला कार्यक्षेत्र भएको संस्था हो । सजिलो आइपीओ जारी गरेको छैन भने समीट नेप्सेमा सूचीकृत कम्पनी हो ।

मर्जरपश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । मर्जर अघि समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ तथा सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ थियो ।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ। सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने सभाले निर्णय गरेको थियो।

Mega Maya Bachat Khata
Companies in this article:
SMFDB SMFDBP SLBBSL