info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि

By: Nepse Direct Sep 22, 2020

समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले आज (असोज ६ गते मंगलबार) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

यी दुवै संस्थाले "समिट लघुवित्त वित्तीय संस्था लिमिटेड"  नामबाट एकीकृत कारोबार गर्नेछन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा रहनेछ।

दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । मर्जर अघि समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ तथा सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ थियो । दुई संस्था एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ । सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने सभाले निर्णय गरेको थियो।

Mega Maya Bachat Khata
Companies in this article:
SMFDB SMFDBP SLBBSL