info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्काशनमा

By: Nepse Direct Mar 07, 2021
IPO

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज फागुन २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ ।

ज्योति लाइफले एक सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। 

Mega Maya Bachat Khata
Companies in this article:
JLI JYOTI