info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Mar 11, 2020

नेपाल एसबिआई बैंक SBI  1.9 %  412.00 ले माघ २८ गते देखि सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको ऋणपत्रमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ । 

कम्पनीले १० वर्षे अवधिको वार्षिक १० प्रतिशत व्याजदर पाउने १० लाख कित्ता ऋणपत्र फागुन २८ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । कुल २५ लाख कित्तामध्ये १५ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । 

उक्त ऋणपत्र विक्रीको छिटो अवधि फागुन २ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ सम्म विक्री खुला भएको थियो । 

ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिऋणपत्र एक हजार रुपैंयाँ रहेको छ ।  ऋणपत्रको विक्री प्रबन्धकको रूपमा  कुमारी क्यापिटल रहेको छ ।

 

Mega Maya Bachat Khata
Companies in this article:
SBI SBIPO