info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनएमबि बैंकको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct May 20, 2021

एनएमबि बैंक लिमिटेड NMB  0.24 %  421.00 को  २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ। बैंकले २ अर्ब बराबरको २० लाख कित्ता  ऋणपत्र निष्काशन गर्ने भएको  हो । 

 बैंकले  १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’  नामको ऋणपत्र विक्री गर्ने भएको छ । 

प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । 

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले  मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । 

Mega Maya Bachat Khata
Companies in this article:
NMB