info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Sep 30, 2020

जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर (आइपिओ) मा आवेदन  दिने अन्तिम दिन बुधबार अर्थात आज अन्तिम दिन रहेको छ ।

 सिडिएससीका अनुसार कम्पनीले निष्काशन गरेको  आइपिओमा  मंगलबार साँझ ५ः१५ बजेसम्ममा ६ लाख ८३ हजार २७६ वटा आवेदन परेको हो । यो संख्या हालसम्मकै उच्च हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

Mega Maya Bachat Khata
Companies in this article:
GIC