info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन

By: Nepse Direct Feb 24, 2021

एनआईसी एशिया बैंक लिमिटेड NICA  0.00 %  872.00 ले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड RMDC  2.22 %  1196.00 काे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड MSLB  2.17 %  2309.00 काे ६१ हजार २ सय कित्ता र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड MERO  1.80 %  1470.00 काे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । जसमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​काे मूल्य ५२३ रूपैयाँ, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ८१२ र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​काे मूल्य ४६३ रूपैयाँ ताेकिएकाे छ ।

उक्त सेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

Mega Maya Bachat Khata
Companies in this article:
NICA NICAP MSLB MSLBP MERO MEROPO