info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

अपी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Jun 23, 2021

अपी पावर कम्पनी लिमिटेड API  0.96 %  315.00 ले  हकप्रद शेयरमा आवेदन दिने आज (असार ९ गते) अन्तिम दिन रहेको छ। गत जेठ २० गतेदेखि कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीका लागि निष्कासन गरिएको छ। 

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ।कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

Mega Maya Bachat Khata
Companies in this article:
API