info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Feb 16, 2021

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड FOWAD  6.97 %  2840.00 को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले फागुन २१ गते ८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । उक्त सभा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।सभामा कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुनेछ ।

Mega Maya Bachat Khata
Companies in this article: