info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

By: Nepse Direct Dec 29, 2020

आज पुस १४ गते मंगलबार ४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन् ।

१. नबिल बैंक लिमिटेड NABIL  0.32 %  1236.00 : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे ३६औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ । 

२. नेपाल एसबिआई बैंक लिमिटेड SBI  0.00 %  406.00 : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे २७औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । 

३. कृषि विकास बैंक लिमिटेड ADBL  0.23 %  428.00 : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पौष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको चौधौं वार्षिक साधारणसभा पौष २९ गते बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुनेछ । 

४. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड WOMI  9.99 %  1134.00 : संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पौष १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे नवौं वार्षिक साधारण सभा पौष २८ गते मंगलबार बनेपा नगरपालिका-१३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टीप्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ । 

५. ग्लोबल आइएमई बैंक लिमिटेड GBIME  0.24 %  425.00 : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

६. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडGIBL: संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे ८औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, गेट वे हिमालय रिसाेर्ट, बेसिशहर-९, लमजुङमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।  

७. स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडSPARS: संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे चाैथाे वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, हाेटल बाराही पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । 

८. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड CBBL  2.19 %  1677.00 : संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे १९ औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, मकवानपुर हेटौंडामा रहेको सामना होटलमा हुनेछ । 

९. मञ्जुश्री फाइनान्स लिमिटेड MFIL  2.11 %  484.00 : फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा हुनेछ । 

१०. ङादी ग्रुप पावर NGPL  1.28 %  237.00 : कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

११. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड SIFC  0.00 %  220.00 : फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १५ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सकाे २६औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीको रजिष्टार्ड कार्यालय डिल्लीबजार, काठमाडाैँमा हुनेछ । 

Mega Maya Bachat Khata
Companies in this article:
NABIL NABILP ADBL SBI SBIPO GBIME GBIMEP GILB GILBPO SPARS MFIL MFILPO CBBL CBBLPO NGPL SIFC SIFCPO