info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Nov 12, 2020

अपि पावर कम्पनी API  0.96 %  315.00 र बैंक अफ काठमाण्डू BOKL  0.00 %  299.00 को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिओकेएलले साधारण सभा तथा लाभांश प्रयोजनार्थका लागि भोलि बुकक्लोज गर्दैछ भने अपि पावरले मंसिर १ गते गर्दैछ।

कात्तिक ३० गते तिहारको बिदाका कारण बजार बन्द हुने भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले अपिको लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डूले मंसिर २० गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै, अपि पावरले मंसिर ८ गते बोलाएको सोह्रौँ तथा सत्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५ ७६ को कमाईबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७६/ ७७ को कमाईबाट ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

Mega Maya Bachat Khata
Companies in this article:
API BOKL BOKLPO