info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Dec 28, 2020

आज  हिमालयन बैंक सहित ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज हिमालयन बैंक HBL  0.20 %  496.00 , लुम्बिनी विकास बैंक LBBL  0.82 %  247.00 , मितेरी डेभलपमेन्ट बैंक MDB  0.29 %  338.00 र एनएमबि लघुवित्त NMBMF  4.59 %  1412.00 को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउँन सक्नेछन् ।

हिमालयन बैंकले पुस २७ गते, लुम्बिनी विकास बैंकले पुस २६ गते, मितेरी डेभलपमेन्ट बैंकले पुस २६ गते, र एनएमबि लघुवित्तले पुस २७ गते साधारणसभा आह्वान गरेका छन् । हिमालयन बैंकले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद, लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद, मितेरीले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद र एनएमबि लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

यी कम्पनीको साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Mega Maya Bachat Khata
Companies in this article:
HBL HBLPO MDB MDBPO LBBL LBBLPO NMBMF NMBMFP