info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लिवर्टी इनर्जीद्धारा लमजुङ्गबासीका लागि १५ करोडको आईपीओ जारी

By: Nepse Direct Mar 10, 2020
IPO

लिवर्टी ईनर्जी कम्पनी लिमिटेड LECLले आज (फागुन २७ गते) देखि लमजुङ्गबासीका लागि प्राथामिक शेयर (आईपीओ) जारी गरेको छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

Mega Maya Bachat Khata
Companies in this article: