info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार शुरु

By: Nepse Direct Oct 12, 2020

जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्सुरेन्सबीच सोमबार (असोज २६ गते)  शेयर सूचीकरण सम्झौता भएको हो । यसको शेयर कारोबार मंगलबारबाट खुला हुनेछ ।

नेप्सेमा सूचीकृत कुल शेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश रहेको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो ।

उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले  शेयर हात पारेका थिए । ५ लाख २१ हजार ५४६ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका थिए ।

general insurance

Mega Maya Bachat Khata
Companies in this article:
GIC