info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

महिला लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैकिङ् नियुक्त

By: Nepse Direct Sep 08, 2020

महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम एसबिआई मर्चेण्ट बैंकिङले गर्ने भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Mega Maya Bachat Khata
Companies in this article: