info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

मेरो माईक्रोफाइनान्सको नाफा ५५.९२ प्रतिशत बढ्यो , ईपिएस २५.९८ रुपैयाँ

By: Nepse Direct Nov 07, 2019

चालु आवको पहिलो त्रैमासमा मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड MERO  1.80 %  1470.00 ले ४ करोड २७ लाख २९ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ५५.९२ प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी सो अवधिमा ६५ करोड ७८ लाख  रहेको छ भने जगेडा कोष ४२ करोड ६५ लाख २३ हजार रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६८.६९ प्रतिशत बढेको छ भने संचालन मुनाफा ३५.५१ प्रतिशत बढेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) २५.९८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेशियो) २१.१७ रहेको छ । नेटवर्थ १६४.८४ रुपैयाँ रहेको छ ।

Mero Micro

Mega Maya Bachat Khata
Companies in this article:
MERO MEROPO