info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

महिला लघुवित्तको आइपिओमा सर्वाधिक १५ लाख १९ हजारको आवेदन,११ लाख ५४ हजारको हात खालि हुने

By: Nepse Direct Feb 18, 2021
IPO

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ। संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो। यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन परेको थियो।

संस्थाले सर्वसाधारण समुहको ४ लाख कित्ता प्राथमिक शेयरका लागि बिक्री खुला गरेको थियो। चार लाख कित्ता मध्ये ५ हजार कित्ता कर्मचारीहरुको लागि बिक्री गरिएको छ। म्युचुअल फण्डलाई ५ प्रतिशत छुट्टाएर बाँकी रहेको तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। सर्वसाधारका लागि बिक्री गरिएको उक्त शेयर जम्मा तीन लाख ७५ हजारले १० कित्ताका दरले प्राप्त गर्ने छन्। बाँकी ११ लाख ५४ हजारको हात खालि हुने छ।

संस्थाले माघ ३० गतेदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६२ गुणा भन्दा बढिको लागि आवेदन परेको हो। प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ।

Mega Maya Bachat Khata
Companies in this article: