info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामीमा

By: Nepse Direct Mar 03, 2021

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) MPFL  0.00 %  186.00 ले नबिकेको हकप्रद लिलामीद्वारा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर फागुन २८ गतेदेखि विक्री गर्ने भएको हो ।

कम्पनीले असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुनः विक्री गर्न लागेको हो ।

उक्त हकप्रद खरीद गर्न इच्छुक कम्पनीका संस्थापक, सर्वसाधारण, कानून बमोजिम संस्थाले चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम १००० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
MPFL MPFLPO