info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नबिल बैंकको २ अर्ब रुपैंयाँको ऋणपत्र आजबाट बिक्रीमा

By: Nepse Direct Mar 15, 2020

नबिल बैंक  NABIL  3.97 %  701.00 ले चैत २ गतेदेखि आइतबारदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गरेको छ ।

बैंकले ‘१० प्रतिशत नबिल बैंक डिबेन्चर–२०८२’ नामक ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका २० लाख इकाइ ऋणपत्रहरु बिक्री खुलाएको हो।

निष्काशन गरिने कुल दुई अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रमा छिटोमा चैत ५ र ढिलोमा चैत १६ गतेभित्र आवेदन दिन सकिनेछ। इच्छुकले न्यूनतम २५ कित्ताका लागि र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन्। ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ। 

सात वर्षे अवधिको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नवील बैंकले जारी गर्न चाहेको ऋणपत्रलाई लगानी जोखिम नरहेको इक्रा एनपी एलएएको रेटिङ प्रदान गरेको छ।

Mega Maya Bachat Khata
Companies in this article: