info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ नामक २० लाख कित्ता ऋणपत्र चैत २ गतेदेखि बिक्री हुने

By: Nepse Direct Mar 12, 2020

नबिल बैंकको कूल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आगामी चैत २ गतेदेखि बिक्री हुने भएको छ ।

‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ नाम दिइएको नबिल बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । जसमा लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित व्याजदर पाउने छन् ।

उक्त ऋणपत्रमध्ये एक अर्ब २० लाख करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र व्यक्तिगतका लागि र ८० करोड रुपैयाँ बराबरका ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । ऋणपत्र निष्कासन छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गते बन्द हुनेछ ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता समेत समावेश रहेको छ ।

उक्त ऋणपत्र बिक्रि प्रबन्दक लक्ष्मी क्यापिटल रहेको छ ।

कम्पनीको ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एल एए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको कर्जा जोखिम न्युन रहेको बुझिन्छ ।

Mega Maya Bachat Khata
Companies in this article: