info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनलाई पायो अनुमति

By: Nepse Direct Jan 05, 2021

नारायणी डेभलपमेन्ट बैंक NABBC  3.38 %  550.00 ले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले बैंकलाई  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले कार्तिक २८ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएपछि अब बैंकले बुक क्लोज मिति तय गरेर हकप्रद निष्काशन गर्ने छ  ।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकको हाल तीन वटा शाखा रहेका छन् । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएको यो बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ । 

Mega Maya Bachat Khata
Companies in this article: