info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ङादी पावर अफ ग्रुपले १० प्रतिशत नगद लाभांश पारित गर्न बोलायो साधारण सभा

By: Nepse Direct Jun 17, 2020

ङादी ग्रुप पावर लिमिटेडले आफ्नो स्थगित छैठौं वार्षिक साधारणसभा पुनः बोलाएको छ।

कम्पनीको  साधारण सभा असार १० गते, बिहानको १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगरमा   आयोजना गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत नगद लाभांश (करसहित) पारित हुनेछ। सभाका लागि यसअघि नै चैत १५ गते बुक क्लोज गरिएको थियो। सोहीका कारण चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।

कोरोनाभाइरस संक्रमणको महामारीबाट जोगिनका लागि सभामा उपस्थित हुने क्रममा पन्जा, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। त्यस्तै सभामा कम्तीमा १ मिटरको दूरी कायम गरी सामाजिक दूरीको नियम पालना गर्न पनि कम्पनीले आग्रह गरेको छ। 

यसअघि कम्पनीको वार्षिक साधारणसभा गत चैत २७ गते गर्ने निर्णय भएको थियो। कोरोना महामारीकै कारण उक्त मितिमा गर्ने भनिएको सभा कम्पनीले स्थगित गरेको थियो। 

Mega Maya Bachat Khata