info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेशनल हाइड्रोले साधारण सभा असार २१ गते

By: Nepse Direct Jun 14, 2020

नेशनल हाइड्रो पावर कम्पनी NHPC  3.85 %  54.00 ले असार २१ गते पानस पार्टी प्यालेस, धापासी, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ११ गते देखि १६ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार असार १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

कोराना संक्रमणबाट सुरक्षित रहन कम्पनीले कम्तिमा १ मिटरको सामाजिक दुरी कायम हुने गरी साधारण सभा सञ्चालन हुने जानकारी दिएको छ । भीडीयो कन्फ्रेन्स मार्फत आफ्नो मन्तब्य राख्न चाहने शेयरधनीले भने साधारण सभा हुनु २ दिन अगावै कम्पनी सचिवलाई नाम टिपाउन भनेको छ।

Mega Maya Bachat Khata
Companies in this article: