info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्स्योरेन्सले पारित गर्‍यो ७.८९ प्रतिशत लाभांश

By: Nepse Direct Jun 20, 2020

नेपाल इन्स्योरेन्स NICL  0.93 %  435.00 ले शुक्रवार ७१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनका बिच  विशेष सुरक्षा अपनाएर कम्पनीले आफ्नै पुरानो भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न गरेको हो ।

कम्पनीले सभामार्फत प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.८९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी  १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिएको हो । ५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ । बोनस पश्चात कम्पनीको चुक्तापूँजी बढ्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । 

यस कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना बनाई सभा मार्फत उक्त योजना कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो दिन शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य भएका छन् । 

Mega Maya Bachat Khata
Companies in this article:
NICL NICLPO