info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेयर बजारको कारोबार अवधि १ घण्टा थपियो: बिहान १०ः३० बजे बजार खुली ३ः३० बजे सम्म

By: Nepse Direct Mar 12, 2020

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि कारोबार खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि अन्ततः एकघण्टा थपिने भएको छ । 

कारोबार समय आगामी आइतबारदेखि एक घण्टा थपेर ५ घण्टा बनाउने तयारी थालिएको हो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने बताएका हुन् । उनका अनुसार आइतबारदेखि बिहान १०ः३० बजे कारोबार खुली ३ः३० मा कारोबार बन्द हुनेछ । 

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएलगत्तै नेप्सेको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्ने क्रममा ढुंगानाले नेपालको दोश्रो बजारमा सेयर कारोबार गर्ने समय कम भएको भन्दै अवधि थप्नुपर्ने बताएका थिए । उनको सोही प्रतिबद्धता कार्यान्वयन हुन लागेको हो । 

दोश्रो बजारको कारोबार समय थपिएपछि बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ । 

Mega Maya Bachat Khata
Companies in this article: