info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा दोहोरो अंकको करेक्सन, राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार

By: Nepse Direct May 31, 2021

साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्सेमा दोहोरो अंकको भारी करेक्सन भएको छ।  

आज नेप्स परिसूचक ४५.२५ अंकल अर्थात् १.६ प्रतिशतले घटेर २७८२.६८ अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ६.५८ अंक अर्थात् १.३०  प्रतिशतले घटेर ५००.४७ विन्दुमा पुगेको छ।

आज २१८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५  कित्ता शेयर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज नेप्से परिसूचकमा १३ वटा उपसमूह मध्य १२ वटा उपसमूह बढेका छन् भने १ उपसमूह घटेको छ। 

nepse 2

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँ, एचआईडीसीएलको ३२ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७१ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३० करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २७ करोड ५ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड ६७ लाख रुपैयाँ, अपी पावरको २४ करोड ७९ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २४ करोड ४२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

nepse 3

आज २ कम्पनीको  शेयरमूल्य ९.५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनीको ९ .९८  प्रतिशत र सेन्ट्रल फाइनान्सको ९.९१  प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

आज बरुण हाइड्रोपावरको शेयरमूल्य ९.५७ प्रतिशतले  घटेर नेगेटिभ सर्किट लागेको छ। 

Mega Maya Bachat Khata
Companies in this article: