info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेप्से परिसूचक ११८८.७० बिन्दुमा ७ कम्पनीको शेयर मूल्यमा सर्किट

By: Nepse Direct Jun 29, 2020

लकडाउन कारण ९८ दिनपछि खुलेको शेयर बजार  शेयर बिक्रीको अधिक चाप देखिएको छ जसले गर्दा कारोबारमा आएका अधिकांश  कम्पनीको शेयर मूल्य घटेको छ।

बजार खुलेको ४० मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको थियो। त्यसपछि  खुलेको बजार पहिरो जाने क्रम नरोकिए पनि पछिल्लो ३० मिनेटको अवधिमा नेप्से परिसूचक बाउन्स ब्याक भएर बन्द भएको छ जसले गर्दा बजारले नयाँ लय समात्ने संकेत देखिएको छ।

साताको पहिलो  कारोबार दिन (सोमबार ) आज नेप्से सूचक दोहोरो अंकले घटेर ११८८.७०  बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।  

आज नेप्से परिसूचकमा १२.८७  अंक अर्थात् १.०७  प्रतिशतले घटेर ११८८.७०  विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्समा पनि ४.०३ अंकले घटेर २५६.२९  विन्दुमा पुगेको छ। यस दिन १३०  कम्पनीको ४८६२ पटकको कारोबारमा ३४ करोड ७७  लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको  ९  लाख ७०  हजार ७६  कित्ता शेयर खरिदविक्री भएको छ।  

आज कारोबारमा आएका १३०  कम्पनी मध्य १६  कम्पनीको शेयर मुल्य बढेको छ भने ९८ कम्पनीको शेयर मुल्य ओरालो लागेका छन्। बाँकि ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।  

NEPSE_chart

आज कारोबारमा आएका सम्पूर्ण १२ समुह मध्य ४  समुह बढेको छ भने बाँकि ८  समुहहरु  घटेका छन् । आज व्यापार  समुह  ५.२४ प्रतिशतले सर्वाधिक बढेको छ। त्यसैगरी, उत्पादन मुलक समुह ४.३१ प्रतिशत, अन्य समुह ३.१३ प्रतिशत र जीवन बिमा समुह ३.६५ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ समूहमा २.४२ प्रतिशत , होटेल्स समूहमा १.७ प्रतिशत ,विकास बैंक समुह ३.७४ प्रतिशत, जलविद्युत समूहमा १.४८  प्रतिशत , वित्त समूहमा ०.६५ प्रतिशत , लघुवित्त समूहमा १.९६ प्रतिशत  र म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशतको गिरावट आएको छ। 

Nepse_index

आज हिमालयन डिस्टिलरीले सर्वाधिक ३ करोड ४३ लाख रुपैयाँ कारोबार गरेको छ । यसैगरी,  नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख, एनआईसी एसिया बैंकले २ करोड ५८ लाख र नबिल बैंकले २ करोड १६ लाख रुपैयाँ बढीको कारोबार गरेका छन्। 

Gainer and Turnover

यस दिन ७ कम्पनीहरुको शेयर सर्किट ब्रेक लागेको छ। नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको मूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने स्वाबलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेर नकरात्मक सर्किट लागेको हो।

४२४ रुपैयाँमा पहिलो कारोबार भएको  नेपाल पुनर्बीमा कम्पनीको  पहिलो दिनमा नै शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ। 

Loser

Mega Maya Bachat Khata
Companies in this article: