info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दशैँका लागि असोज १४ गतदेखि नयाँ नोट साट्न सकिने

By: Nepse Direct Sep 09, 2019

नजिकिँदै गरेको दशैका लागि नेपाल राष्ट्र बैंकले असोज १४ गतेदेखि नयाँ नोट साट्न सकिने व्यवस्था गर्ने भएको छ । केन्द्रिय बैंकले दशैका लागि वर्षेनि नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ । यस वर्ष बैंकले रु. ५, १०, २०, ५० र १०० दरका नयाँ वितरण गर्नेछ । बैंकले प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउनेछ । केन्द्रिय बैंकमै गएर नोट साट्नेहरुले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट प्राप्त गर्न सक्नेछन् । सर्वसाधारणले तीन सरकारी बैंकहरुसहित अन्य बैंक तथा वित्तीय संस्थाहरुमा गएर नोट साट्न पाउनेछन् । दशैँमा टिका लगाएर दक्षिणा दिन र नवदुर्गाको पूजा गर्नका लागि नयाँ नोट प्रयोग गर्ने चलन रहेको छ । 

Shivam Cement
Companies in this article:
NRB